Categories: बाल कथा

फेसबुक


रम्भा पौडेल

आमा ! आमा ! तपाईँले एउटा कुरा थाहा पाउनु भयो ? रमेशले आमा सँग जिज्ञासा राख्दै सोध्छन ।
के कुरा ? फेसबुक बन्द हुने भयो रे नी । आमाले हो र ? बल्ल ठीक भयो । यो फेसबुकले त केटाकेटी बिगारेर सबै अभिभावक हैरान थिए । ठीक्क परेछ । आमाले खुशीको भाव देखाउँदै उज्यालो अनुहार लगाउनु भयो ।
हजुर खुशी हुनुभएको ? फेसबुक बन्द हुने भएर ? छोराले प्रश्न गरे । हो नी ।
तिमीहरु पनि भनेरै नमान्ने भएका छौ आजकल ।
घरको काम, करेसाबारीको अनि फुलबारी कुनै पनि कुरामा तिमीहरुको चासो छैन ।
खाली मोइलमा घोप्टीयो बस्यो । पढाइमा पनि तिमीहरुको ध्यान छैन ।
कसैलाई कसैको मतलव छैन । यो टेक्नोलोजीले ल्याएको खराब असर हो । आमाको कुरा भुइमा झर्न नपाउदेै रमेशले भने –होइन के भनेको हो आमा ।
आजको मोर्डन युगमा पनि त्यसो भनेर हुन्छ र ? आजकलको पढाई सोसल मिडियाको प्रायोाग बाट हुन्छ नी । टिचरहरु पनि यसको प्रयोग गर्नुहुन्छ । यसका राम्रागुणहरुको प्रयोगे गर्नु पर्छ क्या आमा । हामी विश्वको सुचनाबाट बन्चित हुन्छौँ नी । सबैले आफना प्रतिभाहरु पोष्टगर्ने ठाउँ पनि हो नी आमा यो फेसबुक त ।
। यो बन्द हुनु भनेको त नागरिकको स्वतन्त्रता र डिजिटल अधिकार खोस्नु हो । हामीले हजुरले भनेको कहिले नमानेको छ र ? त्यसो भन्नुहुन्छ ? कसैले यसको दुरुपयोग गर्छन भने त्यो उनीहरुकै कुरा हो । ल ल धेरै जान्ने नहोउ ।
अर्काेदिन देशैभरि बिरोध प्रर्दशन र आगजनी भयो । फेसबुक बन्दगरेको र देशमा भष्टाचार बढेको कुरामा । पचास भन्दा बढीले ज्याान गुमाए । अहिलेको पुस्ता बाआमाका कुरा सुन्दै नसुन्ने भए । के गर्नु ? आमा भनेको घरको मुली हो । उहाँका कुरा सुन । अनि मात्रै तिम्रो भलो हुनेछ । आजकलका केटाकेटीहरु भनेरै मान्दैनन् । आगो लाउन गए रे । अब केके हुने हो ? आमा आफैँ फतफताउनु भयो ।
पर्सिै पल्ट रमेशले आमालाई दौडेर हतार गर्दै समाचार सुनाए । आमा ! आमा ! देशमा परिवर्तन भयो । हिजोका बा प्रधान मन्त्रीहरु बिदा भए । अब त आमा प्रधान मन्त्रीहुने पालो आयो नी ? आमाले हो र ? भन्दै आश्चर्य भाव जनाउनु भयो ।
आमा प्रधान मन्त्री भएपछि छोराछोरीको कुरा आमाले बुझनुहुन्छ क्या । चिन्ता नर्गनुस् । अब नेपाली फेसबुक बन्छ क्या आमा । नेपाली फेसबुक ? आमाले शब्द दोहोर्याई रहनुभयो ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

3 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago