Categories: कविता

“मङ्सिर लाग्यो”

रमेशचन्द्र घिमिरे

खलो ताछौं, मियो गाडौं, फुकाऔं कुनियो
दाइँ हाल्ने दिनमा बाबा आए हुनी हो
असारको मेलो सकी विदेश ग’का बाबा
धान थन्क्याउने बेलामा त आए हुन्थ्यो अब
हाम्रै घरको भकारीमा धान भर्नुपर्छ
विदेश जानु सट्टा यहीं काम गर्नुपर्छ
अब जाडो लाग्न थाल्यो स्वीटर किनी ल्याउनू
हजुर नआए रुन्छौं हामी छिट्टै घर आउनू
धान थन्क्याउने दिनमा यौटा काट्छौं रातो भाले
कुरा बुझी फर्किए’नि हुन्थ्यो हाम्रा बाले
घरको काम एक्लै गर्दा आमा थाक्नु भा’छ
भन्नुहुन्छ बेला मौका साह्रै दुःख ला’छ
दयेराको पैँचो तिर्न हजुर आए हुन्थ्यो
कि हजुरले पठाएको पैसा पाए हुन्थ्यो
टौवा हाल्न धान बोक्न चाहिने मुली मान्छे
सक्दैनन् नि यस्तो गर्न केटाकेटी र भान्छे
व्यवहार धान्ने घरमालिक विदेशतिर हुँदा
आत्तिइसक्यौँ आमासँगै हामी रुँदा–रुँदा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago