रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
जाडो आउन लाग्यो कि त गर्दै खुसुखुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु
बिस्तार बिस्तार मौसम अब हुन थाल्यो चिसो
सिरक छोड्न मनै हुन्न टाँस्सिए झैँ लिसो
आऊँ कि नआऊँ गर्दै कुहिरो आयो लुसुलुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु
गल्बन्दी र टोपी जे छन् बाकसमा खोज्छु
पोहोर सालको स्विटर कहाँ छ आमासँग सोध्छु
कुहिरो फाटी घामले च्यायो हाँस्दै मुसुमुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…