घटी मेघ वर्षा खुलाकाश राम्रो
खुसीसाथमा भव्य होस् चाड हाम्रो
बगैँचा यिनै फूलमा मुस्कुराऊन्
शरद्का सुनौला बिहानी उदाऊन्।
जहाँ जन्मिए भूमि सो सम्झिएर
भए दूर आफ्ना फिरून् फर्किएर
नदी तालमा तोय सङ्ला सुहाऊन्
शरद्का सुनौला बिहानी उदाऊन्।
यहाँ पक्ष पुर्खाहरू सम्झिने छन्
यहाँ शङ्ख घन्टा मिठो बोल बोल्छन्
भवानी पुजी हर्षका धून आऊन्
शरद्का सुनौला बिहानी उदाऊन्।
सफा गेह भित्ता लिपी चट्ट माटो
पुरेनी भरी क्या खुसीको छ पाटो
उघारेर बाटो सफा छ्याङ्ग पारून्
शरद्का सुनौला बिहानी उदाऊन्।
बजून् शङ्ख घन्टा भवानी पुकारी
सबैको भलो भाव देखून् मुरारी
सबै जातका धर्मका चाड आऊन्
शरद्का सुनौला बिहानी उदाऊन्।
हिमाली पहाडी मधेसी मिलेका
नयाँ फूलबारी अहा! सिर्जिएका
खुसी शान्ति नेपालमा देख्न पाऊन्
शरद्का सुनौला बिहानी उदाऊन्।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…