आत्माराम न्यौपाने
जन्म्यौँ बनी मानव यो धरामा
डुल्दै बस्यौँ झन् वन-कन्दरामा
छाड्नै सकेनौँ घर खेतबारी
भर्दै रह्यौँ मात्र बडा भकारी।
ती खेतबारी पनि भत्किनेछन्
त्यस्ता भकारी पनि रित्तिनेछन्
बेग्लै गरौँ आज नयाँ तयारी
बुद्धत्वको भर्न सिकौँ भकारी।
सिद्धार्थले झैँ अब पूर्णिमामा
अज्ञान फालेर गरेर धामा
मस्तिष्क हाम्रो सुकिलो बनाऔँ
सद्ज्ञानको पर्व मिठो मनाऔँ।
विद्वान्हरूका पदचाप सुन्दै
सत्मार्गरूपी नवतीर्थ घुम्दै
ज्ञानी बनी बुद्ध समान हाँसौँ
हामी सबै बुद्ध बनेर बाँचौँ!
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…