सत्या अधिकारी
सानेपा
“बा, बा ! त्यो सेतो हिमाल कसले बनाएको ?” छोरीले अचम्म मान्दै सोधिन् ।
मूर्तिमा रङ्ग भर्ने काम गर्दागर्दै उनी थकित थिए । बोल्न मन नलागे पनि छोटो उत्तर दिए , “भगवानले ।”
” अनि त्यो त्यो निलो आकाश पनि उनैले बनाएका होलान् है ?”
छोरीले फेरि बाल जिज्ञासा ओकली।
” के के सोध्छे यो पनि !” भन्दै झर्को माने । छोट्टैमा तुर्याए ” हो ।”
ऊ क्रमश: सोध्दै गई , ” ती हरिया डांँडाकांँडा , वन जङ्गल नि ?
ठुला ताल तलैया , झरना , पोखरी , समुन्द्र , बादल नि ! ? ”
यो सानी छोरीलाई यी प्राकृतिक जीवन दर्शनका विषय म कसरी बुझाऊँ ? अलमलमा पर्दै उनले सहज उत्तर भने , “सबैकुरा बनाउने उनै भगवान् हुन् , नानी ! ”
उनले हठात् प्रश्न राखिन् ,” अनि भगवानलाई चाहिँ कसले बनाएको, बाबा?”
रङ्ग भरेर तयार गरेका भगवानका सुन्दर मूर्तिहरू देखाउदै उनले भने , ” भगवानलाई चै हामी सबै मानिसहरूले बनाएका नि ! “
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…