सुनिता निरौला पौडेल
भक्तपुर – राधे राधे ,निकोशेरा

” यो लौला नतेक्नु  बा , म हात समाएर हिनाउँछु नि !”भन्दै नातिले लौरो टिपेर बारीको तल्लो पाटामा मिल्काइदियो । म उसलाई लखेट्दै थाकेर भुइँमा थ्याच्च बस्न पुगेँ ।
मेरो नक्कल गर्दै नातिले  सँगै बसेर आफ्नो भरखरै पलाएका दुधे  दाँत देखाउँदै ङिच्च हाँस्यो ।
“बा थाक्नु भयो ?” ऊ बोल्दै थियो । एकोहोरो भएर नातिलाई मैले हेरिरहेँ ।
मैले मनमनै  सोचेँ ; मेरो पनि बालापन थिए,किशोर भएँ,बिहा गरेर छोरा नाति भए । यो नातिको पनि दुधे दाँत सबै झरेर नयाँ बलिया दाँत पलाउनेछ । यो पनि एकदिन म जस्तो बुढो  हुन्छ ।
आफ्नो हजुरबालाई मैले सम्झेँ ; उहाँको काँधमा बसेर हैरान पार्ने गर्थेँ । एकदिन बा र आमा सँगै बसेर कुरा गर्दै गरेको मैले सुनेको थिएँ । आमाले बालाई आश्रममा छोडीदिने कुरा गर्नुभएको थियो । हजुरबालाई मैले  नजानी नजानी भोलिपल्टै कुरा लगाइदिएको थिएँ । आमाले बेस्सरी कुट्नुभएको थियो ।
नाति  मेरो  काखैमा आएर बस्यो ।   उसले मलाई अँगालो हाल्दै  सोध्यो ; “बा आस्सम भन्या काँ हो ? तपाईं त्यहाँ जाने रे !”
“हो नाति म आश्रम जान लागेको ”  मेरो आँखामा आँसु टिलपिल भरिएको थियो ।
“अहिले तपाईं जानुस् बा , भोलिपसी म नि आउँछु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

22 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

22 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

22 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

23 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago