Categories: बाल कथा

त्रिशक्ति

लता के. सी.
तीनकुने , काठमाडौँ

विज्ञान , प्रकृति र धर्मलाई पृथ्वी र चराचर जगतको निकै चिन्ता लागेछ । उनीहरू एउटा रूखमूनि बसेर चिन्तन गरिरहेका थिए । अचानक धर्मले विज्ञानलाई आक्षेप लगायो , “तेरो कारणले हो नि , मान्छेले आज योग र आध्यात्म बिर्सिदै गएको छ । प्राणीमध्ये श्रेष्ठ मानवबाट पृथ्वी सुन्दर बन्नेछ भन्ने आशा थियो । ऊ नै अशान्त , भय र विवशतामा बाँचिरहेको छ ।”
प्रकृतिले सही थाप्दै भनिन् ,”हो नि , मानव जीवन मात्र हो र ? यिनीहरूले त हामी प्रकृतिमाथि पनि समस्या थोपरेका छन्। हावा , पानी , माटो एकैसाथ प्रदूषित भएका छौँ । ”
दुबैका कुराले विज्ञान रुष्ट भयो र भन्यो , ” यसमा मेरो के दोष ? मलाई प्रयोग गर्ने मानव चेतनालाई भन न ! म त ज्ञान र विवेकले सही प्रयोग गरे वरदान हुन्छु , गलत प्रयोग गरे श्राप !”
प्रकृतिले असन्तोष जाहेर गर्यो , ” मैले जीवनलाई चाहिने सम्पूर्ण कुरा त दिएकै थिए । यी मानिहरूलाई ठूलो हुने र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा बढ्यो । उनीहरूको आफ्नै कारणले त हो , सृष्टिका अन्य प्राणीको तुलनामा सुख शान्ति गुमाउनु परेको छ ।”
विज्ञानले प्रकृतिलाई लोपार्दै भन्यो , “ईस् ! मेरा वरदानबाट पृथ्वीमा कति सम्यता र विकास भएको छ , ध्यान दिएको छस् ?”
धर्मले घमण्ड गर्यो , ” तिमीहरूले जति फुर्ति गरेपनि आपत विपत पर्दा मान्छेले हे भगवान ! भनेको सुनेका छेेनौ ? ”
अलि पर बसेर उनीहरूका कुरा सुनिरहेको कुकुरले सोच्यो , ” त्रिशक्ति मिलेर राम्रो विषयको उठान गरे भनेर कान थापेको त ! थुइक्क , यिनीहरू पनि अन्त्यमा मान्छेजस्तै झगडा पो गर्न थाले । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

15 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

15 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago