Categories: बाल कथा

“जिपिए”

बाेधराज प्याकुरेल
खजुरा,बाँके

“म त शहर गएर राम्रो कलेजमा पढ्ने हाे ।” एसईईमा उत्तीर्ण भएपछि सागरले उत्साहित हुँदै भन्यो।
“मैले चार जिपिए ल्याएर पास गरेकाे हाे बुबा,याे चानचुने कुरा हाेइन। मेराे विद्यालयबाट मैलेमात्रै चार जिपिए ल्याएको छु।” उसले अझै थप्याे।


“बधाई छ छाेरा तिमीलाई।” मैले थाहा पाएँ,म एकदमै खुसी छु । याे खुसीमा उपहारस्वरूप तिमीलाई एउटा कथा सुनाउछु सुन ।” बुबाले कथा सुनाउन सुरु गरे।
पैत्तालिस बर्ष अघिको कुरा हाे। दुई जना अति मिल्ने साथी थिए। दुबैले एउटै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । एकजनाले प्रथम श्रेणीमा र अर्कोले तृतीय श्रेणीमा। प्रथम श्रेणीमा उत्तीर्ण भएको राम्रो कलेज खाेज्दै काठमाडौँ गयाे र उतै पढ्न थाल्यो। दाेस्राेभने गाउँकै कलेजमा पढ्याे। केही वर्षपछि लागु औषधकाे अभियाेगमा पक्राउ परेको पत्रिकामा समाचार हेरर मात्रै दाेस्राे व्यक्तिले पक्राउ पर्ने व्यक्ति आफ्नाे साथी भएको सम्झ्याे ।
“अनि दाेस्राे व्यक्ति …?” जिज्ञासु हुँदै सागरले साेध्याे।
“ऊ गाउँमै पढ्याे र सफल किसान बन्यो , अहिले उसको देशभरि ठूलाठूला गाई फर्महरु छन् । ठूलो डेरी उद्योग छ । कृषि उद्योगमा देशमै पहिलो नम्बरमा नाम आउँछ……..।”
“त्यो व्यक्ति अहिले पनि व्यवसाय गर्दै छ बुबा?” सागरले बीचमै साेध्याे ।
“गर्दैछ बाबु,त्याे दाेस्राे व्यक्ति तिम्रै अगाडि बाेल्दैछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

13 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

13 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago