Categories: बाल कथा

“नतिजा”

विद्या ढकाल,
तनहुँ

” मेरी छोरी पो हुन् त ।” – छिमेकी सरलाले सुन्ने गरी ज्ञानी चर्कै स्वरमा चिच्याइन् ।
“के भो र दिदी ?” – सरलाले पनि चर्कै स्वरमा जिज्ञासा राखिन् ।
“अझै थाहा पाएकी छैनौ र ?” – ज्ञानीले उल्टै प्रतिप्रश्न गरिन् ।
“अहँ मैले त केही पनि मेसो पाएकै छैन । नानुको त्यस्तो के भयो र दिदी ? ” – सरलाले प्रश्न माथि प्रश्न थपिन् ।
“अस्ति एस्ईई को नतिजा आयो नि । हो, त्यसमा हाम्री नानुको ग्रेड A+ आएछ । जे होस् हाम्रो इज्जत राखिदिइन् । अब विदेश पढ्न जान्छु भन्दैछन् । तिम्रो छोरीको के भएछ नि ?” – ज्ञानीले एकसाथ उत्तर अनि प्रश्न पनि राखिन् ।


“तपाईँहरूलाई साथ अनि सहयोग पनि हुन्छ । यहीँ गाउँको विद्यालयमा नै +2 पढ्छु भन्दैछन् । आउन त C+ कि के जाति आयो भन्ने कुरा गर्दै थिइन् ।” – सरला शान्त स्वरमा बोलिन् ।
“हाम्री नानु त्यत्रो पैसा तिरेर बोर्डिङ स्कुलमा पढेकी । सरकारी स्कुलमा पढेकी तिम्री छोरी हाम्री नानुको काँटमा आउने त कुरै भएन नि ।” – ज्ञानी दम्भ मिश्रित भावमा बोलिन् ।
ज्ञानीको भनाइले सरलाको मनमा कहीँ कता छोए जस्तो भयो । तर यही बिषयमा थप दहल फसल गर्न चाहिनन् । अनि कुराको बिट मार्ने हिसाबले सुस्तरी बोलिन् – “दिउँसो आफैँले बनाइवरी खेतालालाई खाजा लिएर गएकी, फर्कँदा बाख्रालाई घाँस पनि ल्याउँछु भन्दै थिइन् । छोरी आइपुग्ने बेला हुन लाग्यो । ल त दिदी म लागेँ है ।”
ज्ञानी पनि सरलाको कुरामा सही थाप्दै बोलिन् – “हुन्छ हुन्छ सरला, अहिले बिदा हुँ । मेरो पनि नानुको नुहाएका कपडा धोइदिने अनि चिया बनाएर दिने काम बाँकी नै छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

14 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

14 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago