Categories: बाल कथा

भिखारी!

सुरेशकुमार पाण्डे

भगुवानको नाउँमा केहीदिनुस् !-भिखारीले एउटा सेठका अगाडि गएर हात थाप्दै भन्छ।’ देख्दा हट्टाकट्टा छौ। केही काम किन गर्दैनौँ? सधैँ मागिरहेका हुन्छौ!-सेठले हकार्दै भन्यो। साहेब मलाई कसले काम दिन्छ ?-उसले निरास भएर भन्यो।’ त्यो मलाई थाहा छैन। तर म व्यपार गर्छु सित्तैमा कसैलाई केही पनि दिँदिन। यदि मैले तिमीलाई भिख दिएँभने तिमीले मलाई के दिन सक्छौ ?-व्यपारीले सोध्यो।’ म आफैँ भिखारी; हजूरलाई मैले के दिन सक्छु? उसले उल्टै प्रतिप्रश्न तेर्छायो।’ त्यसोभए त्यो तिमीले जान; म हिंडे!-ऊ आप्नो बाटो लाग्यो।’ भिखारीलाई उसको कुराले मनमा चसक्क बिजायो। उसले सोंचिरह्यो। यो जिन्दगी लामू यात्रा हो सधैँ मागेर कसरी काम चल्छ। मानिसहरू भिख दिन आनाकानी गर्छन्, दिन छाडिसकेकाछन्। ऊ बैगैँचा तर्फ यस्तै सोंचेर घुमिरहेको थियो बगैँचामा विभिन्न थरका फूलहरू फुलेका थिए।

फूलहरूलाई देखेर भिखारीको मनमा नयाँ कुरा पलायो। उसले केही फूल टिप्यो र आफूले भिख मागेपछि आफूले पनि फूल दिनथाल्यो।फूल दिएर भिख माग्दा उसको काम राम्रो चल्यो। तर फूल सकिएपछि भिख पनि पाउँन छाड्यो। सञ्जोगले एकदिन उही व्यक्ति आयो। भिखारीले भन्यो साहेब म हजूलाई फूल दिन्छु तर हजूरले मलाई भिख दिनुपर्छ! सेंठले ऊ तिर पुलुक्क हेर्यो र खल्तीबाट केही पैसा निकाल्यो र भिख दिँदैभन्यो! “यार तँपनि मजस्तै व्यापारी बनिछस्।” भिखारीले फेरी कल्पना गर्यो उसको दिमागमा फूलको व्यापार गर्ने। अब म व्यापारी भएँ!- ऊ चिच्यायो र भन्यो।, मानिसहरूले उसलाई भिखारी बौलायो भन्ठाने। तर ऊ अब फूलको ठूलो बिक्रेता बन्यो। एकदिन फेरी उही सेंठ भेटियो। उसले नमस्कार गर्यो; ऊ सुट बुटमा सजिएको थियो। सेठले चिन्न सकिन। के हामी पहिले कतै भेटभएका थियौँ ?-सेठले सोध्यो।’ हजूर हामी आजभन्दा पहिले दुईपटक भेट भइसक्यौँ। सेठ आश्चार्य भएर सोंच्न थाल्यो।’ साहेब म उही भिखारी हूँ जसलाई हजूरले ठूलो व्यापारी बनाईदिनुभयो। सेठ उसको तरक्की देखेर खुसि भयो भिखारी!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

11 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

12 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago