दुर्गा वनवासी
राष्ट्रभाषा नेपालीलाई अंग्रेजीले विस्थापित गर्दै लगेको, यसको महत्व घट्दै गएको र निजी स्तरका अंग्रेजी स्कूलहरु नै प्रमुख जिम्मेवार भएको ठहर गर्दै नेपाली विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तकका लेखकहरु, विद्वत वर्ग, भाषाविद् एवं निजी तथा सरकारी विद्यालयका नेपाली विषयका शिक्षक-शिक्षिकाहरु बीच वृहत् छलफल कार्यक्रम तथा एकदिने कार्यशाला गोष्ठिको आयोजना भयो। कार्यक्रमका वक्ताहरु सबैको मत एउटै थियो ।
प्रस्तुत विचारहरुको सार यस्तो थियो – ‘ आजभोलि हाम्रो नेपाली ‘ल्यांग्वेज’ लोपोन्मुख स्थितिमा छ । यो हाम्रो ‘नेशनल ल्यांग्वेज’ मात्र नभएर ‘कमन ल्यांग्वेज’ पनि हो र यो नै हाम्रो ‘अफिसियल ल्यांग्वेज’ पनि हो। तसर्थ यसलाई ‘फर्स्ट ल्यांग्वेज’ का रूपमा ‘प्रियोरिटी’ दिइनुपर्ने हो तर विडम्बना, यो त ‘सेकेण्ड ल्यांग्वेज’ बनिसकेको छ । अचेल हाम्रा नानीहरु हाम्रा ग्रामीण परिवेशमा ‘युज’ हुने ठेट नेपाली ‘वर्ड’ हरुको ‘मिनिंग’ जान्दैनन्, नेपाली अक्षरहरुको ‘स्ट्रक्चर’ बारे उनीहरुलाई कुनै ‘नलेज’ छैन। यस्तै ‘कन्डिसन’ रहिरहने हो भने भोलि हाम्रा नानीहरुले आफ्नो ‘आइडेन्टिटी’ गुमाउनेछन्, उनीहरुको ‘फ्युचर’ डामाडोल हुनेछ । दुईटा ‘बोट’ मा खुट्टा राख्दा ‘ब्यालेन्स’ कायम गर्न गाह्रो हुन्छ । उनीहरु एकातिर अंग्रेजीमा ‘पर्फेक्ट’ हुन सक्दैनन् भने अर्कोतिर नेपालीमा पनि पोख्त हुने छैनन् । तसर्थ विशेष नेपाली ‘सब्जेक्ट’ का ‘टिचर्स’ ले निकै ‘केयर’ गर्नुपर्ने हुन्छ । उहाँहरुले ‘टिचिंग’ गर्दा ‘मिक्स ल्यांग्वेज’ होइन, ‘प्योर’ नेपाली बोल्नु पर्दछ ।’
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…