राजेश भट्टराई
सैनामैना११, रुपन्देही

“बाबा मेरो जिऊको मासुहरु लुज भएर ज्यान नै फ्यातल्लको भयो। टाइट गर्न जिम जान्छु, पैंसा दिनुस् न” भन्यो सुमनले।
“ए, जिऊ टाइट गर्न पर्यो? त्यसको लागि, किन अरुकोमा जानु पर्यो र। घरमै जिम हाउस बनाइदिएको छु त मैँले।”ढुक्क हुँदै भने।
“घरमै ? खोई कहाँ छ ?” यताउती हेरेर आश्चर्यभावले सोध्यो।
“ल आइज, म देखाइदिन्छु” भन्दै काँधमा कोदालो भिरेर बारिमा लगे र भने “तरकारी लगाउन यो बाँझो फोर्न नसकेर मैँले भोलि पिपलरुखे साइलोलाई बोलाथेँ “। कोदालो हातमा थमाइदिदै “तैँले यहीँ कोदालोले बाँझो फोर। ज्यालाको पनि बचत हुन्छ । जिऊ पनि टाइट हुन्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago