त्रिलोचन ढकाल
आनन्दआश्रम, फापरथुम-स्याङ्जा

“कति खेलिरहन्छ्यौ सविना ?” प्राध्यापक डाक्टर घनमोहन हप्काउने मु्द्रामा प्रस्तुत भए ।
“पढेकी छु बुबा ।”
“पढेकी छौ ?! बिहानदेखि अहिलेसम्म मोवाइलमा झुण्डिइरहेकी छौ । मलाई किन छकाउन खोज्ने ?” घनमोहन अलि बडी झर्के ।
उनी घोरिए र सोचे:
“छोरी खतम हुने भइन् । किशोर अवस्था पार गर्ने बेलासम्म कसरी थाम्ने होला ? मोवाइलमा तिलस्मी खेलहरू हेर्दि हुन् । नाङ्गा फोटामाथि दृष्टि पुर्याउने होला । अश्लिल भिडीओभित्र व्यस्त हुने होला । तासमा पो लीन हुने हो कि ? यीनलाई सुबाटोमा लगाउन मुस्किल हुने भयो ।”
“हेर छोरी ! कोर्षका पुस्तकका साथमा साहित्यिक पुस्तक पढ्यो भने मस्तिष्क ताजा बनिरहन्छ, लौ पढ !!” घनमोहनले छोरीका अगाडि एउटा पुस्तक थेचारिदिए ।
सविनाले पुस्तक हेरिन् । महाकाव्य रहेछ । ओल्टाइ पल्टाइ गरिन् र मुस्कुराउँदै प्रस्तुत भइन्- “पढिरहिकी छु ।”
“पढ्छ्यौ ! पुस्तक छोएको बल्ल देखियो ।”
“कस्तो बुबा ! प्रोफेसर भएर पनि रुढिवादी ।”
“अझ रुढिवादी ?” प्रोफेसर झोक्किए।
“कागजका पुस्तक मात्र पढ्नु पर्छ र ? जमाना कहाँबाट कहाँ पुगिसक्यो !”
“के पढ्छ्यौ त ?”
“साहित्यपोष्ट दैनिक पत्रिकाले हजुरले दिएको पुस्तक अनलाइनमा राखिदिएको छ, त्यही पढिरहेकी छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

5 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

5 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago