Caption here (Yam Kumari Kandel, GPJ Nepal)
सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
सयमकाे गतिसँगै
साथी अनेक छन्
साथी पनि उनैले नै
चुनिदिने रैछन्।
बाल्यकाल रमाइलाे
साना साना साथी
गट्टा खेल्दै दिन ढल्थ्याे
माया उनैमाथि।
युवावस्था अलिअलि
पढ्ने साथी बढे
कुनै बढे अगाडि त
कुनै पछि परे ।
कलेजकाे रमाइलाे
साथीहरू माझ
भेटघाट हराए नि
सम्झना छ ताज।
जागिर खादा भेटिएका
साथी कति कति
भेटघाट छुटेपछि
न्यास्राे लाग्ने अति।
वृध्दावस्था रमाइलाे
भञ्याङ चाैतारीमा
सुख दु:ख बाँडीचुडी
सबै दाैंतरीमा ।
समयले धकेलेर
लग्याे माथि माथि
नातिनी र नाति बने<
अझै प्यारा साथी।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…