Categories: कविता

“जीवन”

अमिशा शाक्य
कक्षा :10
आस्था विद्या मन्दिर
बनस्थली काठमाडौं।

जीवन हाम्रो बगेको नदीले रोकेर रोकिन्न
कसैले बाधा पुर्याए भने छेकेर छेकिन्न
लक्ष्य छ हाम्रो शिखर चुम्ने साहस गर्नु छ
कालो यो रात किरण बनी उज्यालो छर्नु छ।

कतिले भने जीवन हाम्रो बेकार लाग्दछ
मलाई भने रचना गर्ने अवसर लाग्दछ
जति नै दुःख आउँदा पनि हार म मान्दिन
अँध्यारो पछि उज्यालो छर्न पछि म ह‌ुँदिन।

सफल व्यक्ति बन्नको लागि सङ्घर्ष गर्नु छ
घमन्ड त्यागी अगाडि बढी लक्ष्यमा पुग्नु छ
कसैको डाहा कसैको रिस कहिल्यै नगर्नु
अरुको भर परेर आफू बिचल्ली नहुनु।

जीवनको यात्रा उज्यालो भनी ममता छर्नु छ
आमाको आँसु बुझेर मैले पौरख गर्नु छ
ज्ञानको ज्योति संसार भरि अस्तित्व बुझेर
जीवन मेरो सुन्दर भनी अगाडि बढेर।

कसैले दिन्न दुःखमा साथ आफैले बुझ्नु छ
सङ्घर्ष गरी लक्ष्यमा पुगी इज्जत पाउनु छ
बाआमा प्रति सुम्पिई मैले जीवन बाँच्नु छ
गौरव भई संसार सामु हात नै थाम्नु छ।

संसार भर फूलले जस्तै सुगन्ध छर्नु छ
आदर्श यात्रा चलेर ज्ञान आर्जन गर्नु छ
शिक्षाको ज्योति जीवनमा छरि उदार बन्नु छ
कस्तो यो जूनी आफन्त सँगै लडेर बाँच्नु छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago