Categories: बाल कथा

“आत्मविश्वास”

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

सुनिल एक लगनशील विद्यार्थी थियो। ऊ बाह्र कक्षाको परीक्षा दिएर बसेको थियो। उसलाई विश्वास थियो कि यस परीक्षामा स्कलरसीप प्राप्त गर्नेछु भन्नेमा।
परीक्षाको नतिजा घोषणा भयो। सुनिलले नतिजा माथिआँखा घुमाई रह्यो। बिडम्बना भनौँ या अभाग्य क्षण परीक्षाको नतिजामा उसको नाम नै थिएन।


सुनिलले प्रिन्सिपलकोसँग गएर भन्यो,”सर,कृपया पुनः हेर्नुस् न? पास हुनेवाला लिस्टमा अवश्य पनि मेरो नाम हुनुपर्दछ”।
“बाबू सुनिल तिमी यस पटकको परीक्षामा फेल भयौ। त्यसैले त तिम्रो नाम प्रकाशित भएन, अब तिमी घर जाउ”।प्रिन्सिपलले भने।
“सर,म फेल हुनै सक्दिन,” सुनिलले आत्मविश्वासका साथ भन्यो।
सुनिलले बारम्बार एउटै रट लगाई रह्यो “यो नतिजा गलत छ,गलत छ। म फेल हुनै सक्दिन सर”।
यत्तिकैमा क्याम्पस प्रशासनको एक अधिकारीले प्रिन्सिपलको सामने आएर भने, “सर मबाट एउटा बहुत ठूलो गल्ती हुन गएछ”।
“गलत कस्तो गलत? “प्रिन्सिपलले आश्चर्य मान्दै सोधे।
“सर जुन बच्चाले बाह्र कक्षामा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम गरेको छ,त्यस बच्चाको नाम नै लेख्न बिर्सिएछु प्रकाशित नतिजाको लिस्टमा” यसको लागि क्षमा चाहन्छु सर,अधिकारीले भने।
“त्यो विद्यार्थीको नाम के हो”?उत्साहित हुँदै प्रिन्सिपलले सोधे।
“सर त्यो बच्चाको नाम सुनिल हो” अधिकारीले उत्तर दिए।।
सुनिल उहीं उभिई रहेका थिए। प्रिन्सिपल आफ्नो कुर्सीबाट उठेर सुनिललाई अँगालो हाल्दै भने”बाबू सुनिल धन्य छ तिम्रो आत्मविश्वास। मेरो आशीर्वाद छ तिमीलाई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago