
हरि काेर्काली
माथि बसी जूनले मलाई
इसारैले केके भन्छ
भन्छ एउटा तारा टिपी
टिकी लगाईदिने मन छ।
ताराहरू खसाइदिन्छु
भेला गरि राख्नु भन्छ
मलाई चाहिँ उहीँ गई
तारासँगै खेल्ने मन छ।
तारासाँग खेल्दै खेल्दै
धेरै टाढा जाने मन छ
के के छन् ती तारासँग
जम्मै हेर्ने बुझ्ने मन छ।





