ध्रुव प्रसाद ढकाल
गण्डकी ३ फुजेल गोरखा
हाल बिहादी बाच्छा, पर्वत
खुर्सानी हो नाम मेरो
पिरो भइदिन्छु ।
भान्साभित्र पसेपछि
हिरो भइदिन्छु l
तरकारी खान्छन् कोही
मेरो ठूलो दाइलाई ।
ज्यानै मारा पनि भन्छन्
मेरो जिरे भाइलाई ।
डल्ले डल्ले अकबरे
नाम उसको राजा।
पेटका किरा मारिदिन्छ
बजाएर बाजा।
तर सबलाई मनपर्ने
चट्ट मेरो ढिँडी।
भोलि पर्सि कस्तो बन्ला
हाम्रो नयाँ पिढी ?
मिलाएर खान जाने
चलाख बनाउँछु।
व्यथितिमा खानेको म
सातो उडाउँछु।
थरी थरी जात मेरो
अनेकौं छ नाम ।
धेरै ठाउँमा गरेको छु
औषधिको काम ।
मोही मागे दिनु अरे
नदिनु रे मलाई ।
जता सार फलि दिन्छु
सधैँ गर्छु भलाई।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…