ध्रुव प्रसाद ढकाल
गण्डकी ३ फुजेल गोरखा
हाल बिहादी बाच्छा, पर्वत
खुर्सानी हो नाम मेरो
पिरो भइदिन्छु ।
भान्साभित्र पसेपछि
हिरो भइदिन्छु l
तरकारी खान्छन् कोही
मेरो ठूलो दाइलाई ।
ज्यानै मारा पनि भन्छन्
मेरो जिरे भाइलाई ।
डल्ले डल्ले अकबरे
नाम उसको राजा।
पेटका किरा मारिदिन्छ
बजाएर बाजा।
तर सबलाई मनपर्ने
चट्ट मेरो ढिँडी।
भोलि पर्सि कस्तो बन्ला
हाम्रो नयाँ पिढी ?
मिलाएर खान जाने
चलाख बनाउँछु।
व्यथितिमा खानेको म
सातो उडाउँछु।
थरी थरी जात मेरो
अनेकौं छ नाम ।
धेरै ठाउँमा गरेको छु
औषधिको काम ।
मोही मागे दिनु अरे
नदिनु रे मलाई ।
जता सार फलि दिन्छु
सधैँ गर्छु भलाई।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…