Categories: बाल कथा

“छायाँ”


माहेश्वरी भट्ट
कञ्चनपुर

सन्ध्या बिहानैदेखि किचनमा ब्यस्त थिई। आज छोराको जन्मदिन थियो। घर सरसफाइ, मिठाई, पाहुना—सबैकुरा मिलाइरहेकी थिई। बाहिरबाट छोराको आवाज आयो, “आमा! रमिला आमा आइपुग्नु भो!”
सन्ध्याको हातको चम्चा रोकियो। छातीभित्र कताकता चिसो पस्यो।
रमिला—पारिवारिक स्नेहले “आमा” भनिने छिमेकी, तर जन्मले ‘तल्लो जात’। कहिल्यै घरभित्र छिर्न दिइएकी थिइनन्, कहिल्यै भान्सामा तातो पानीसम्म पिउन दिइएको थिएन।
“बाहिर राख्न भन् साग,” संन्ध्याले सहज स्वरमा भनिन्।
छोरो दौडिँदै भित्र पस्यो, “तर आमा, उहाँ त भित्र पस्नुभो… मलाई शुभकामना दिनुभएको थियो।”
संन्ध्याले रिस उठाउँदै भनिन्, “कहिल्यै भनेको मान्दैनस् ! बुझ्दैनस् कि जात मिल्दैन!”
छोरो केही बोलेन। सिर्फ एउटा प्रश्न हेराइमा टाँगियो—”आमा, म त उहाँको काखमै हुर्किएँ, अनि म कुन जात ?”
शब्दहरु बिनाको त्यो चोट, संन्ध्याको शिरसम्म चढेर गयो। भान्साको ढोकातिर फर्किँदा देखिन्—रमिला निस्कँदै थिइन्। ओढनीले अनुहार छोपेकी थिइन्, तर छायाँझैँ घिस्रिँदै गएको आत्मसम्मान देखिँथ्यो।
संन्ध्याको आँखामा उभिएको संस्कार हल्लियो।
“रमिला दिदी… कृपया रोकिनुस्। चिया तपाईँको हातको पिउन धेरै मन छ।”
पहिलोपटक त्यो घरको भान्साको ढोका खुलेको थियो।
छायाँ झरेकी थिइन र त्यहीँबाट एउटा उज्यालो सुरू भएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago