माहेश्वरी भट्ट
कञ्चनपुर
सन्ध्या बिहानैदेखि किचनमा ब्यस्त थिई। आज छोराको जन्मदिन थियो। घर सरसफाइ, मिठाई, पाहुना—सबैकुरा मिलाइरहेकी थिई। बाहिरबाट छोराको आवाज आयो, “आमा! रमिला आमा आइपुग्नु भो!”
सन्ध्याको हातको चम्चा रोकियो। छातीभित्र कताकता चिसो पस्यो।
रमिला—पारिवारिक स्नेहले “आमा” भनिने छिमेकी, तर जन्मले ‘तल्लो जात’। कहिल्यै घरभित्र छिर्न दिइएकी थिइनन्, कहिल्यै भान्सामा तातो पानीसम्म पिउन दिइएको थिएन।
“बाहिर राख्न भन् साग,” संन्ध्याले सहज स्वरमा भनिन्।
छोरो दौडिँदै भित्र पस्यो, “तर आमा, उहाँ त भित्र पस्नुभो… मलाई शुभकामना दिनुभएको थियो।”
संन्ध्याले रिस उठाउँदै भनिन्, “कहिल्यै भनेको मान्दैनस् ! बुझ्दैनस् कि जात मिल्दैन!”
छोरो केही बोलेन। सिर्फ एउटा प्रश्न हेराइमा टाँगियो—”आमा, म त उहाँको काखमै हुर्किएँ, अनि म कुन जात ?”
शब्दहरु बिनाको त्यो चोट, संन्ध्याको शिरसम्म चढेर गयो। भान्साको ढोकातिर फर्किँदा देखिन्—रमिला निस्कँदै थिइन्। ओढनीले अनुहार छोपेकी थिइन्, तर छायाँझैँ घिस्रिँदै गएको आत्मसम्मान देखिँथ्यो।
संन्ध्याको आँखामा उभिएको संस्कार हल्लियो।
“रमिला दिदी… कृपया रोकिनुस्। चिया तपाईँको हातको पिउन धेरै मन छ।”
पहिलोपटक त्यो घरको भान्साको ढोका खुलेको थियो।
छायाँ झरेकी थिइन र त्यहीँबाट एउटा उज्यालो सुरू भएको थियो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…