Categories: कविता

“जोस जाँगर निकालेर बढ्नु छ”

घनश्याम रेग्मी

असल कर्म गरेमा
मानव भाव भएमा
असली बीउ छरेमा
फुल्नेछ फूल भरेमा।

कर्ममा शक्ति लाएर
सिक्न छ सीप धाएर
क्या मिठो बास्ना छाएर
नाचौँला गीत गाएर।

भावना उच्च राखौँला
स्वादिलो फल चाखौँला
देवी देउता थापौँला
भक्तिले शक्ति भाकौँला।

देशको भलो सोचियोस्
न्यायको बाटो रोजियोस्
गरीब दुखी सोधियोस्
हामीमै खुसी खोजियोस्।

कर्ममा लाग नेपाली
समय व्यर्थ नफाली
जाँगर जोस निकाली
बढ्नु छ हामी नेपाली।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

9 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

9 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

10 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago