नरिश्वर गौतम
झिलिमिली सहर
हेर्न लाग्यो रहर
आफ्नो गाउँ छोडेर
आएँ बसमा चढेर ।।
टिँटिँ पिँपिँ गरेर
मोटर गाडि गुडेका
कानै खाने आबाज
गर्दै माइक फुकेका ।।
ओहो कस्तो आबाज
लाग्यो सुन्न नमज्जा
कान थुनेँ बेस्सरी
बस्छन् होला कसरी?
यस्तो चर्को ध्वनिले
धेरै असर गर्छ रे
अनावश्यक हल्लाले
प्रदूषण बढ्छ रे ।।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…