प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम
“हैट!कस्तो बौलाहा घाम लागेको! टाउको फुट्ने गरी” धनमान रिसले मुर्मुरियो। उसलाई बिहेको भोजमा जानु छ। आजै गाडीको तेल सकिएको रहेछ। छोरालाई भक्कु हपारे,”गाडीमा तेल छैन भन्न सकिनस्। आफूलाई चाहिँदा तेल नहुने। समयमा भर्नु पर्छ नि”।
“आज गएर भर्छु बा! ” धनमान त्यसै लागे। कुनै पनि परिचितको गाडी आएन आज । पसिनामा नुहाएरै बिहे घर पुगे।
उनका छिमेकी रणबीर अघि सपरिवार नै पुगेका रहेछन्। धनमानले लाखेस् गरिहाले।”यसो खबर गर्या भा म पनि तिमीसँग आउँथे नी।छिमेकी भएर नि काम लागेनौ आज रणबीर”।
रणबीर पनि किन चुप रहन्थे र । “खै धनमान! तिमी नाम अनुसार कै काम गर्छौ। अस्ति हिउँदमा रुखले घाम छल्यो भनेर सडक छेउका सबै रुख बेच्ने तिमी नै हौ। त्यही रुख बेचेर गाडी किन्यौ। अहिले ती रुख त्यही ठाउँमा भइदिए शीतल ताप्दै आउँथ्यौ नि घामलाई अहिले बौलाहा भनेर कहाँ हुन्छ, तिमी आफै मूर्ख भएपछि।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…