Categories: कविता

“नयाँ वर्ष”

शान्ति सिग्देल

नयाँ वर्ष उल्लास बोकेर आओस्
सिँगारी धरा बेहुलीझैँ सजाओस् ।

टिपी पुष्प गुच्छा कुनाकन्दराका
बनी किन्नरीझैँ चरीले लगाओस् ।

सधैँ कोइलीको मिठो गीत सुन्दै
धरा यो नयाँ वर्षमा छम्छमाओस् ।

नयाँ पालुवा वा लता मञ्जरीले
सुधा प्रेम वर्षा गराई पठाओस् ।

यहाँ शोकले पिल्सिएकाहरूमा
सधैँ शान्तिको मन्त्र मात्रै सुनाओस् ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago