लक्ष्मण ज्ञवाली
तिलोत्तमा १ नीलगिरि पथ शंकरनगर रूपन्देही

“हेर् त ऊ यतै आईरहेको छ”।
“चन्द्रमाबाट भर्खर पृथ्वीमा ओर्लिएका विज्ञान र प्रविधिले एकापसमा खासखुस कुरा गरे ।
“को रहेछ हँ ?”
विज्ञानले ठहर गर्न खोज्यो ।
प्रविधिले टेलिस्कोप लगाएर हेर्यो ।
“भष्म चन्दनको लेप लगाएको, रूद्राक्ष माला भिरेको , टुप्पी पालेको, हातमा पुस्तक समातेको, ब्रह्माण्डका गणितीय निचोड निकाल्न जान्ने ,तार्किक कुरा गर्ने, योग ध्यान र प्रकृति प्रेमी रहेछ त !” प्रविधिले उसको हुलिया बानी व्यहोरा बतायो ।
“ए…त्यही पूर्वीय दर्शनको मूल हुँ भन्ने वेद पो रहेछ।”
विज्ञानले परिचित भाव व्यक्त गर्यो ।
“उसका कुरा सुन्दा निकै व्यवहारिक र ज्ञानी छ जस्तो लाग्यो ।”
“एकपटक उसको प्रवचन सुन्ने कि ?”
प्रविधिले सल्लाह माग्यो ।
“धत्, उल्लु ! अहिलेको जमानामा पनि त्यस्ता पुरातनहरूका कुरा सुनेर समय खेर फाल्ने ?” नाक खुम्च्याउँदै विज्ञानले भन्यो ।
“त्यसो नभन् विज्ञान ! उसको क्षमता तैले कहाँ आँकलन गर्न सक्छस् र ? ऊ प्रकृति हो, ज्ञान हो, संवेदना हो ,आँसु, हाँसो हो । निष्ठा विस्वास हो । हामी जस्तो दुई दुना चार मात्रै कहाँ हो र ? ऊ त आदिम् सभ्यतादेखि खारिएर आएको परम्परा हो । हामी त्यही जगमा उँभिएका छौँ ।”
प्रविधि ले शान्तभावमा सम्झायो ।
विज्ञानले कडा मिजासमा भन्यो, “छोड ती आदर्शका कुरा । अबेर भैसक्यो, आजै मंगलमा पुगेर त्यहाँ प्लटिङ्ग गरिएका जग्गाको कित्ताकाट गरेर फर्किनु छ, जहाँ हाम्रा आलिसान महलहरू ठडिने छन् बुझिस् ?”
आफूप्रति हेयभावले खिसीट्यूरी गरेको नजिकैबाट सुनिरहेको वेदले कड्किँदै भन्यो, “म बिनाको तिम्रो एकल अस्तित्व धुलोमा मेटिनेछ बाबु बुझ्यौ ?
सबैका कुरा सुनिरहेको सत्यले भन्यो, “वेद, ज्ञान, विज्ञान, प्रविधि सबै कुरा प्रयोग हो- उपयोग। सबैको एउटै नाम ज्ञान हो । प्रकृतिको बारेमा अध्ययन । ज्ञान चलायमान हुन्छ, यो कहिल्यै पूर्ण हुँदैन ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

15 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

15 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

16 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago