पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा
स्कुल जाने हतार, बाकाे माेजा लाएछु,
एउटा जुत्ता दादाकाे, अर्काे आफ्नै पाएछु।
झाेला बाेकी हिंडेकाे, दिदीकाे पाे परेछ,
हाेम वर्क कपी भाइकाे, अचम्मै पाे भएछ।
ढाेकाबाट निस्किएँ म, हाँसे सबै गलल,
किन किन के भएछ, मत परेँ अलमल।
एउटा माेजा छाेटाे रेछ, अर्काे धुँडा सम्मकाे,
सबै कुरा मिलाउँदा त, स्कुल जान ढिला भाे।
म पनि त बदमास हुूँ, सुत्दै बिहान बितेछ,
यताउता सबतिर नै, सामानहरू छरपष्ट,
मेराे जस्ताे उल्लु बानी, नगराैँ ल साथी हाे,
समयकाे ख्याल नगर्दा, आज मलाई लाजै भाे।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…