Categories: बाल कथा

“ज्ञान”

तुलसी पण्डित

होइन के हो तपाईँको यस्तो चाला ? यो सानो बाबुलाई पनि काम अराउनु भएको । यो समय उसको पढने बेला हो ।
“बुढी तिमी हेर्दै जाउँ । म जे गर्छु सबै ठिक गर्छु । ” “भो पर्दैन उसलाई काम लगाउन । बरु मलाई भन्नु म गर्छु उसलाई अह्राउने काम ।”
“बाबु जाउँ बाख्रालाई घाँस काटेर ल्याउ । ल यो कोदालोले खेत खन । हेर बाबु तिमीले बाबालाई पनि सहयोग गर्ने गर । सहयोग गर्यौ भने म तिमीलाई धेरै माया गर्छु । अनि बाबालाई सघाएर पढ्न बस । मैले भनेको मान्यौ भने म तिमीलाई स्कुलमा खाजा खाने पैसा दिन्छु ।”
“बाबु एकछिन् यता आउ त । तरकारीहरु रोपौँ ।” “के रोप्ने बाबा ?” “यो काउली बन्दा रोप्ने ।”
आमाले भन्नु भयो । “बाबु तिमीले बाबाले भनेका कुरा न मान है । अब पढ्नु पर्छ ?” ” नाइ आमा मैले सबै काम जान्नु पर्छ । बाबाले भनेको काम गरे पनि मलाई पढाइमा केही फरक परेको छैन । म कक्षाको पहिलो विद्यार्थी हो ।”
बाबाले छोरालाई बोलाउनु भयो । “बाबु तिमीले धेरै पढ्यौ । सबै साथीहरु विदेश गएका छन् । तिमी पनि जान्छौ कि ?
” नाइ बाबा म जान्न विदेश । देख्नु हुन्न कतिका बाबुआमा छोराछोरी विदेश गएर टुहुरा भएका । म त यही बसेर तपाईँहरुको सेवा गर्ने हो । ”
“अनि यहाँ बसेर के गर्छौ त ?”
“मलाई तपाईँले सानै देखि खेतको काम सिकाउनु भएको छ । तरकारी खेती गर्छु । अनि कलेज पढ्ने विद्यार्थीहरुलाई कोचिङ पढाउछु “अचम्म भो बुढा । सबैका छोराछोरी विदेश गएका छन् । हाम्रो यही बसेर काम गर्ने रे । छोरालाई के मोहनी लगायौ यस्तो ?”” ल थाहा पाइनौँ । ऊ विदेश न जाओस् भनेर मैले सानै देखि उसलाई ब्यावहारिक ज्ञान दिएको ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago