Categories: बाल कथा

भविष्य

 

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

मुहारमा प्रेमपुर्वक मुस्कानको दियो बाल्दै नातिलाई काखमा लिँदै उदयले प्रकाशलाई भने” सम्धिज्यू, यो मुटुको टुक्रालाई यहाँको सबैभन्दा महँगो विद्यालयमा भर्ना गरिदिएको छु।” तर प्रकाशले फरक कुरामा जिज्ञासा राखे “हजुरले के गरेर आफ्नो समयलाई बरदानमा रुपान्तरण गर्दै हुनुहुन्छ ?” उनलेे सगौरव जानकारी दिए ” म यहाँको सामुदायिक तर्फको विद्यालय व्यवस्थापन समिति र टोल सुधार समितिको अध्यक्ष रहेको छु। कामले अरु तिर मन लगाउन भ्याएको छैन ।” अनि प्रसङ्गलाई अर्को तर्फ मोड्दै सुनाए ” मेरा दुई आँखाका नानी नाति र नातिनी अर्को शब्दमा मेरा बिहानी हुन्,यिनीहरू एकै विद्यालयमा पढ्छन् । जहाँ मनोरञ्जनका कुराको कुनै कमी छैन ।” “कस्ताकस्ता विद्यार्थी छन् नि त्यहाँ ?” प्रकाशले सोधे । उदयले अनुहार चम्किलो बनाउँदै बताए ” कहलिएका ठूलठूला ब्यापारी ,धनाढ्य ब्यक्ति ,उच्च पदस्थ कर्मचारीका सन्तति मात्रै पढ्छन् । यता बुहारीलाई पनि काममा घरको सिन्को पनि भाँच्नु पर्दैन । भान्साको लगायत सम्पूर्ण सरसफाइ ,बजारमा किनमेल र खेतीपातीको काम गर्न मान्छे राखेको छु।” सम्धीले यसो भनिरहँदा पनि प्रकाशको चेहरामा शारदीपन छाएन।उल्टै कालाबादल मडारिएको महसुस भएपछि उदयले सोधे ” सम्धीज्यू,स्वास्थमा कुनै समस्या छ कि?” उनलेे जवाफ लिए ” भगवान् लगायत् सबैका कृपाले अहिलेसम्म कुनै स्वास्थमा समस्या छैन । तैपनि अस्ति भर्खरै अस्पतालमा गएर पुरै शरीरको परिक्षण गरेँ। खुशी लाग्यो केही पनि खराबीको संकेत फेला परेन ।” सोधाई भयो ” यसको मूल कारण के हो जस्तो लागेको छ?” जवाफ दिए ” म सानो हस् वा ठूलो आफ्नो काम गर्न लजाउँदिन। खाली दिमाग सैतानको घर भएकोले एकक्षण पनि त्यसै बस्न सक्दिन । शारीरिक र मानसिक काम साइकलका दुई पाङ्ग्रा जस्तै लागेकाले दुवैलाई साथसाथै सक्रिय तुल्याउने गर्दछु। अरुणोदय हुनु पहिले घरको धेरै काम थाली सकेको हुन्छु । यही कारणले हो कि म सदाबहार हुन सकेको !” उदयले फेरि सोधे ” हजुर सँग एउटा कुरा नसोधी रहन सकिन । मैले हजुरकी छोरी एवम् उनका छोराछोरी अर्थात् हाम्रा नातिनातिनाको अत्याधिक सुखका कुरा दर्शाउँदा पनि यहाँको मुहारमा कत्ति पनि खुशी छाएको पाइन। तपाईं केही समस्या परेर आउनु भएको थियो कि!” प्रकाशले गम्भीरतापूर्वक भने ” जीवन सधैँ सरल रेखामा रहन्न । यसर्थ तपाईंका कुरा सुन्दा स्वाबलम्वनको बाटोमा हिड्न नपाएकी छोरी र यी नातिनातिनाको भविष्य कस्तो होला भन्ने चिन्ताले साह्रै सतायो। माफ गर्नुहोला सम्धीज्यू, जति प्रयास गरे पनि आफ्नो अनुहारबाट यो पीडा लुकाउन सकिन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

22 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago