man in retro style saying ok.
खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
“तपाईंको मनमा शान्ति र मुहारमा कान्ति देखियो । कसरी भयो यस्तो नाटकीय परिवर्तन ?”भूपहरिले नरहरिसँग चासो राखे। नरहरिले उत्सुकता जगाउँदै छोटो जवाफ दिए” तपाईंलाई थाहा छैन र ! मैले उनीहरूलाई बिदाई गरे नि!” भूपहरिले अनुमान लगाउँदै भने” हुर्केका छोरीहरूलाई बिदाइ गरेर सक्नु भयो र !” नरहरिक जवाफ रह्यो “उनीहरू अझै पढ्दै छन् ,त्यतातिर सोच्न भ्याएकै छैन । पहिले आफ्नो खुट्टामा राम्रोसँग उभिन सक्ने त होउन् ।” फेरि सोधियो” छोराहरुलाई खाडी तिर पैसा कमाउन बिदाइ गर्नु भएको हो कि ?” जवाफ फर्काए” उनीहरूमा विदेश जाने कल्पना नै छैन । पढाइ सँगै केही सीप सिकेका छन् । देश प्रतिको उनीहरूको मायाले म गर्ववान्वित भएको छु।” भूपहरिले अन्त्यमा सोधे ” परिवारको दायित्वको भारी झन् झन् थपिएको नै रहेछ। भन्नुस् त कसरी आयो तपाईँको मुहारमा शान्ति र कान्ति ?” नरहरिले हाँस्दै जानकारी दिए” तपाईँ पनि चाँडै रिसाउने, अरुको प्रगति देख्न नसक्ने र अपशब्द बोल्ने आफ्नो नानी देखिको बानीलाई सदाको लागि बिदाई गर्नुस् त, तपाईँको मुहार कुनै सुन्दर फूल भन्दा कमी देखिने छैन ।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…