रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
ठूला सरलाई भेटिन्छ अफिस छिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर।
साथीसँग मिलेर खाजा खाइन्छ
खाजा खाइसकेर खेल्न पाइन्छ।
किताब किन्न पर्दैन पैसा तिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर।
मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै
जाओ साथी स्कुलमा हात समाउँदै
किन बस्ने घरमा यसै पिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर ।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…