Categories: बाल कथा

नयाँ वर्ष


गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

” बाबा ! भोलि नयाँ वर्षमा घुम्न जाने त भनियो । तर टमीलाई कसको जिम्मा लाएर जाने होला ? कसले खानेकुरा खान दिन्छ त्यसलाई ? घरमा एक्लै बस्न त बोर हुन्छ नि त्यसलाई ! ”
” टमीको चिन्ता नगर न बाबु । ऊ त हाम्रो घरको सदस्य नै भइहाल्यो नि । ऊ पनि हामीसँगै जान्छ ।”
रमिलाले नाति र छोराबिचको वार्तालाप सुनिन् ।
” यसपटक त हजुरआमालाई नि लाने होइन र बाबा? हामी सबै गएपछि उहाँ घरमा एक्लै हुनुहुन्छ ।” सानी नातिनीले प्रस्ताव राखी ।
कुकुरलाई पनि लिएर जाने निर्णय र नातिनीको प्रस्तावले रमिलाको अनुहारमा आशाको जून लाग्यो ।
” हजुरआमालाई लगेर घाँडो मात्रै । रमाइलो गर्न छोडेर एक दिन हिँडेको ठाउँमा नि को बस्छ हजुरआमाको गोठालो ?”
एक्कासि बुहारी कर्काशा स्वरमा बोली ।
बुहारीका वचन सुनेपछि अर्ध शरीर पक्षघात भएर थला परेकी रमिलाको आँसुको मूल फुट्यो ।
उनको पक्षमा वकालत गर्दै नातिनीले भनी, ” नयाँ ठाउँमा घुम्न जाँदैमा नयाँ वर्ष विशेष हुँदैन । आफ्नै घरका भगवानरुपी बुबा आमालाई माया र सम्मान गर्ने सोचमा परिवर्तन ल्याउन सके मात्रै नयाँ वर्ष खास हुन्छ ममी ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

15 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

15 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago