कृष्णशरण उपाध्याय पौडेल
छन्द : उपजाति
नाचौँ र गाऔँ यस नव्य वर्ष मा
खुशी मनाऔँ यस नव्य वर्ष मा
बनी कलाकार गरी परिश्रम
धर्ती सिँगारौँ यस नव्य वर्ष मा
नौला कुरा को अब थालनी गरौँ
गरौं अनौठो यस नव्य वर्ष मा
कुना – कुना मा नव – चेतना छरौँ
हाँसौँ हँसाऔँ यस नव्य वर्ष मा
कसै नमारौँ कमिला किरा पनि
बाँचौँ बचाऔँ यस नव्य वर्ष मा
स्वदेश मा शान्ति समृद्धि ल्याउन
ऊर्जा जगाऔँ यस नव्य वर्ष मा
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…