Categories: कविता

“झोला”

केशवराज अधिकारी

हामी नानी साना साना
पक्कै पढ्नु पर्छ होला!
बोक्न साह्रै गाह्रो भा छ
आँफु भन्दा ठुलो झोला!
जती बुक उत्ती कापी
अझै खाजा थप्ने होला!
पढ्न भन्दा बोक्नै गाह्रो
आँफु भन्दा ठुलो झोला!
कि त बाबा कि त आमा
संगै जानु पर्छ होला!
भो भो मत बोक्दिन भो
आँफु भन्दा ठुलो झोला!
धेरै किताव पढे मात्रै
बिद्वान हुने हैन होला!
उचालेर बिचार गर
कती किलो रैछ झोला?
कर गर लेख्न पढ्न
जे जे भन्छौ मान्छु होला!
तर सधैँ नबोकाऊ
आँफु भन्दा ठुलो झोला!

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

13 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

13 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago