Categories: कविता

बाल गीत

बाबुराम पाण्डे ‘सागर’
बेनपा ११ चिति लमजुङ

कापी कलम किताब झोला, यो मेरो साथी ।
साथमा मेरो हुन्छ सधैं, भर यिनै माथी ।।
जान्छु स्कूलमा ,बाबा, जान्छु स्कूलमा।
खाजा झोलामा, आमा, खाजा झोलामा।।
कति राम्रो विद्यालय , मैँले पढ्न पाउँछु ।
नाच्छु खेल्छु रमाउँछु, मैले गीत गाउँछु।।
जान्छु स्कूलमा, बाबा, जान्छु स्कूलमा।
खाजा झोलामा, आमा, खाजा झोलामा।।
देवता सरि ठानेको छु, सबै मेरा गुरु।
आज्ञा पालन गरेको छु, मैले खुरुखुरु।।
जान्छु स्कूलमा, बाबा, जान्छु स्कूलमा।
खाजा झोलामा , आमा, खाजा झोलामा।।
साथी सँगी मिलनसार, गुरु अति ज्ञानी ।
मेरा लागि घर मन्दिर, एकै नास ठानी ।।
ज्ञानी बनौँला ,बाबा , ज्ञानी बनौँला ।
जानी भनौँला, आमा, जानी भनौँला।।
बाबा आमा गुरु मेरा देउता मानौँला ।
छोरा छोरी दुवै एकै, भनि ठानौँला ।।
ज्ञानी बनौभला, बाबा, ज्ञानी बनौँला।
जानी भनौँला, आमा, जानी भनौँला।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

7 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

7 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago