राधा आचार्य
बुटवल,रुपन्देही
आऊ चरी आऊ चरी
आँगनीमा आऊ
छरिएको चारो
टप्प टिपी खाऊ।
यताउता हेरेँ मैले
देखिनँ पहिले
आइपुग्यौ धन्न
टुप्लुक्क अहिले।
एकछिन सोचेँ मैले
आज आउन्नौ कि
फेरि सोचेँ मलाई
भुल्न पाउन्नौ कि
आयौ चरी आयौ
खाएर अघाऊ
छरिएको चारो
खाई भोक भगाऊ।
आऊ चरी ….
…………..
छरिएको …..
………… खाऊ।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…