शान्ता भण्डारी थपलिया
काठमाडौं

बाबा !! आज मेरो स्कूल बिदा छ , मलाई कतै घुमाउन लैजानुहोस् न !! मलाई धेरै पर पर सम्म हेर्ने मन छ । विनयले न्याउरो मुख लगाउँदै भन्यो । ठीक छ बाबु आज म समय मिलाएर तिमीलाई भ्यू टावर लिएर जान्छु। त्यहाँबाट धेरै पर पर सम्म देख्न सकिन्छ । विनय दंग पर्यो र उफ्रन थाल्यो।
सरिताले पनि फटाफट खाना बनाउने अर्डर गरिन् कान्छालाई !! तिनै जना मध्यान्हको समय पारेर घुम्न निस्किए र भ्यू टावर उक्लिए । विनय खुशीले पर पर सम्म हेर्दै थियो। अचानक सोध्यो बाबा !! हेर्नुस् न त्यो पर नदीको माथि मान्छेहरू देखिन्छन् नि तिनीहरू त पिङ्ममा जस्तै हल्लिरहेका छन् त !! त्यो के हो बाबा ?? जिज्ञासा पोख्यो विनयले , रमेशले पनि ठम्याउँदै हेरेर भने, बाबु त्यो त तुईन हो नि! त्यो किन प्रयोग गरिन्छ बाबा ?? उसले अझ धेरै जिज्ञासा देखायो । पुल नभएको ठाउँमा नदी पार गर्न प्रयोग गरिन्छ बाबु !!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

2 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

2 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

2 days ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

2 days ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

3 days ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

3 days ago