Categories: कविता

“मन”

 


सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं

सधैंभरि दाैडिरन्छ थाक्दैन याे मन
उमेरकाे गतिसँगै असन्ताेषी झन
तृष्णारूपी धमिराले बास जमाउने
देखिएन कसैगरी याे मन रमाउने।

मिठाेमात्र खाए पनि मन अघाएन
राम्राेमात्र लगाए नि खुसी जनाएन
आफ्नाेभन्दा अरूकाेमा नजर डुलाउने
त्यस्ताे वस्तु के हाेला त्याे मन भुलाउने?

मनखुसी भयाे भने रात झलमल्ल
यदि दु:खी भयाे भने दिनै अलमल्ल
मूल्याङ्कन आफैँ गर्छ परीक्षक बनी
कसाेगरी हुने हाेला याे मनकाे धनी?

कहिले भन्छ राताे राम्राे कहिले भन्छ कालाे
स्थिर छैन विचारमा गर्छ आलाे पालाे
सधैंभरि आफूमात्र हुन खाेज्छ माथि
माैका परे चिम्लिएर बिर्सिदिन्छ साथी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

16 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

16 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

16 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago