रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
हेर्दैमा राम्रो चिटिक्क पर्ने नेपाली टोपी यो
यै टोपी अब लगाउँछु भन्दा जम्मै शिर छोपियो
यो सानो शिरमा अटाउने टोपी बाबाले किन्दिनू
आएछ फुच्चे नेपाली भनी सबैले चिन्दिनू
चाहन्छु हिँड्न ढल्काई टोपी नेपाली बनेर
नहेप्नू मलाई पाखे र गाउँले, पर्वते भनेर
यो टोपी बाको, गुरुको अनि मामा र काकाको
सबैको शिरमा सुहाउँछ चट्ट यो टोपी ढाकाको
जोगाउनु पर्ने संस्कृति हाम्रो समय आ´को छ
मलाई’नि टोपी लगाई हिँड्ने रहर ला´को छ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…