Categories: बाल कथा

मानव मन


सीता रेग्मी
सुन्दरहरैचा, मोरङ

“हेर त हाम्रो बच्चा! त्यसले खुब चाटेर माया गरेको नाटक गर्दैछे।”
“कति लाचार देखिन्छ मेरो बचेरो! खुला आकाशमा उड्ने उसलाई पनि मन थियो होला हेर ….‚ कस्ती अपराधी।”
सुगाका भाले पोथीले झ्याल बाहिरबाट भित्रको दृष्यप्रति निरार्थक आक्रोश पोखिरहेका थिए। उनीहरु हरेक दिन आफ्नो बचेरोलाई हेर्न आउँथे टाढैबाट हेरेर फर्कन्थे। सानै हुदाँ नजिकैको पोथ्रोबाट घर मालिक्नीले उनीहरुको बचेरोलाई खोसेर लगेकी थिईन्।
बाहिरबाट सुँगा जोडी हेरिरहेका थिए‚ भित्र उनी पाहुनासगँ गफिरहेकी थिईन्– “यो मिठ्ठु कति प्यारो छ हेर न !” आफ्नो मुखमा उसको चुच्चो जोडाएर माया गरिन्।
“साँच्चै राम्रो रहेछ तर यो त खुला आकाशमा उड्दा नै खुशी हुनु पर्ने हैन र!” पाहुना दिदीले जिज्ञासा राखिन्।
“अँ… हँ ! खुला आकाशमा उडेर के खान पाउँछ र यसले ? मैले यहाँ यति मायाले मिठो मिठो खाने कुरा खान दिईएकी छु‚ छाडीदिदाँ पनि कही जादैन।” उनले फेरि एक पटक सुँगाको चुच्चोमा चाटिन्।
“ओई तैले यसको पखेटा कटिदिएकी ?” दिदीले सुँगा नजिकै गएर राम्ररी नियालिन्।
“काटेकी हैन हौ ठूला ठूला एक दुई प्वाख मात्र तानीदिएकी‚ फेरि भुर्र उडेर गैहाल्यो भने त….!”
“गए के भो त जाबो चराको बचरो ……….” उनको कुरा नसकिदै दिदीले आफ्नो विचार राखिन्।
“त्यसो भनेर कहाँ हुन्छ म एक्लै हुन्न ?”
बाहिरबाट सबै कुरा सुनिरहेका जोडी सुँगाले तप्प तप्प आँशु खसाल्दै एकै स्वरमा भने “आफ्ना बच्चालाई पखेटा किनी किनी उडाउने अनि अर्काको बच्चालाई पखेटा काटेर साथी बनाउँने कस्तो स्वार्थी हुँदो रहेछ मानिसको मन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

13 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

13 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago