Categories: बाल कथा

डडेलो

कृष्ण बोहरा
त्रिपुरासुन्दरी,६ सिन्धुपाल्चोक

देशभर डडेलोको प्रकोप थियो।विशाल विशाल जंगल समेत डढेर नष्ट भएको थियो। भुस भुसे मात्र उम्रने भीर देखि बाक्ला जंगल र डाडाको शिर सम्म आगाको लप्काले छोडेको थिएन। कति किरा फट्याग्रा मरे, कति पशु पंक्षी मरे लेखाजोखा थिएन। धुवाँको मूस्लो आकाशतिर गएर वायु मण्डल पुरै प्रदुषित थियो। बुढाबुढी र रोगीका फोक्सामा श्वास फेर्न कति समश्या बनायो। ठिटा ठिटीलाई पनि फोक्साको रोग देखापरिरहेछ। पर्यावरणीय चेत भएर होला बस्नेत जेठो डडेलोले ल्याएको असर बारे बोलीरहेको थियो।
रन्जित बिस्वकर्माले थपे, ” त्यसो त देश भर कतीका घर गोठ जलेर नष्ट भए। मानवीय क्षति पनि कति भयो कति ? वर्षेनी डडेलो सारा प्राणीको काल भएर आईदिन्छ। ”
कार्की कान्छो भन्छ्न, ” सरकार भन्छ हाम्रो उद्धार जारी छ । न डडेलो लगाउनेको खोजी गर्छ , न डडेलो नियन्त्रण गर्नेलाई स्याबासी दिन्छ। न कुनै कार्यबाही कसैलाई हुन्छ। डडेलो लगाउनेलाई लगाउन दिने, डडेलो नियन्त्रणको प्रयास नगर्नेलाई कारबाही नगर्ने ब्यवस्थाको  नाम नै लोकतान्त्रिक गणतन्त्र हो कि क्याहो ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago