भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट – ४ , नवलपुर

“उठ्दा, बस्दा जतिखेर नि सँगै हुँनुपर्ने , एकछिन छुट्टिन नहुने खै कस्तो मित्रता हो यस्तो ? सधैँभरि यसरी नै मिले हुँने हो । कहिल्यै छुट्टिन नपरोस् । कसैको आँखा नलागोस् तिमीहरुको मिलनमा यस्तै यस्तै भन्दै हुँनुहुन्थ्यो आमा ! ”
“जन्म मिति पनि एउटै थियो । बालापनदेखिका बालदौतरी थिए । तिनीहरूको मित्रताले गर्दा पारिवारिक सम्बन्ध पनि राम्रो थियो । त्यस गाउँमा असल साथीका उदाहरण थिए ।”सुमन र सरोज सुमन पढ्नमा अत्यन्तै मिहिनेती थियो । हरेक कुरा लगनशील भएर गर्थ्यो । कुनै पनि काममा एकचित्त भएर निरन्तर गरिरहन्थ्यो । सरोज चाहिँ अलि अल्लारेपाराको थियो । पढ्न नखोज्ने , पढ्नमा भन्दा अरु काममा बढी लगाव राख्ने गर्थ्यो ।
सुमनले सरोजलाई हरेक कुरामा सहयोग गर्थ्यो ।” पढ्नु पर्छ हेर ! पढाइभन्दा ठूलो अरु केही छैन । तिमीलाई पढन म सिकाउँछु । नजानेका हिसाब मलाई सोध न ! म बताइदिन्छु नि !” भन्थ्यो। यति हुँदाहुँदै पनि सरोजले भनेको मान्दैनथ्यो । जो सँग नि निहुँ मात्र खोजिरहन्थ्यो । उसको यस्तो व्यवहार देखेर बाँकी अरु साथीले सरोजको सङ्गत नै छोडेका थिए । घरपरिवारका सदस्यले पनि सरोजको सङ्गत नगर्न भन्थे । एक्लो जस्तो भइसकेको थियो । सरोज एकदिनको कुरा हो । पल्लो गाउँका केही केटाहरू मिलेर सल्लाह गरेछन् । अब हेर केटा हो । त्यो सरोजको सेखी नझारी हुन्न । त्यो अलि बढी भइसक्यो । अब त्यसलाई हामीले हाम्रै गाउँमा बोलाएर बेस्सरी कुट्नुपर्छ है ! त्यसको गाउँमा गएर होइन यही बोलाउनु पर्छ भनी सल्लाहा गरे ।
फुटबल खेल्नु पर्यो हेर सरोज हाम्रो टिम पुगेन । तिमी पनि हामीहरुसँगै खेल्नुपर्छ है ! भनी बोलाए । सरोज हुन्छ, भइहाल्छ नि ! भन्दै गयो । त्यो सबै कुराको प्रपञ्च सागरले थाहा पएछ र सबै बेलिबिस्तार सहित सुमनलाई भन्यो ।
त्यो सुन्ने बित्तिकै आफ्नो सबैकाम छाडेर पल्लो गाउँ दौडियो । घटना घट्नुभन्दा पूर्व नै त्यहाँबाट सुमनले लिएर आयो । ‘साथी सबैभन्दा माथि ‘ भन्ने बुझ्यो । सरोजले पनि।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago