Categories: कविता

“अँगेरी”

रमेशचन्द्र घिमिरे

काला डल्लामाथि सेता
बिउ जस्ता दाना
वनमा पाइने यसको नाम
अँगेरी हो जान

खाँदा मुख मिठो हुन्छ
जिब्रो हुन्छ कालो
कालो जिब्रो देखाउने
अब तिम्रो पालो

पानी पर्दा केही नहुने
घाम लाग्दा फुट्ने
घमाइलो दिनमा अब
तिमी हामी जुट्ने

पखेरामा गई टिपौँ
भरौँ ठूलो झोला
घर लगी सबैलाई
बाँडे राम्रै होला

झोलासँगै पेट पनि
भरौँ अँगेरीले
नत्र हाम्रो भाग खोस्न
आउला भँगेरीले।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

15 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

15 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago