Categories: कविता

“मिलेर जाऊँ यो पालि”


घनश्याम रेग्मी

पञ्चमी नाग पुजेर
एकै हुन् प्राणी बुझेर
झरी वर्षामा रुझेर
आएका हामी कुदेर।


अब त चाड फर्किए
झरी र बर्खा घर्किए
हिलो र मैलो तर्किए
यो साथी सम्झी धर्किए।
हातमा रक्षा बन्धन
जनैले रक्षा गर्धन
वैरी हुने छन् रन्थन
भोलिको चिन्ता पर्दैन।
धर्ममा आस्था छ हाम्रो
धार्मिक सद्भाव राम्रो
मिलेर हामी मनाऔँ
सबैमा हर्ष बढाऔँ।
मिलेर काम गरेका
अगाडि सधैँ सरेका
मिलेर जाऊँ यो पालि
वीरका नाति नेपाली।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

11 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

12 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago