Categories: कविता

“ढाका टोपी”

रञ्जुश्री पराजुली

बाबा लाउंछन् ढाका टोपी
सिर माथी ढल्काई
आमा किन्छिन् ढाका खास्टो
राम्रो भन्दै रमाई

रातो सेतो कालो धागाे
तानमा उनेकाे
विचार गर्दै मिहिनेतले
बाआमाले बुनेकाे ।

ढाका हाम्रो आफ्नै सीप
जाँगर हाे जान
देश विदेश पुगेको छ
ढाकाकाे सम्मान

नेपालीको सिरको शोभा
हाम्राे छ मान
आम्दानीकाे राम्राे स्राेत
ढाका खास्टाे जान

पाल्पा बजार घुम्दा खेरि
मन हुन्छ दङ्ग
राम्रा ढाका टोपी खास्टाे
बजार भरी टन्न

साथी भाईसगँ बजार
जान्छु म त किन्न
सुहाउंने टोपी खास्टाे
सिपालु छु छान्न ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

17 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

17 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago