Categories: बाल कथा

“निर्णय”

लता के सी
तीनकुने , काठमाडौं

समाज बटुलेर बाजेले समस्या तेर्स्याए , “आफूखुसी गरेर कुजातसंग भाग्ने दलेकी छोरी कमलीलाई के सजाय गर्ने ? ”
पढेलेखेका बुज्रुगहरूले कमलीको उमेर र स्वतन्त्रताको विषय उठान गरे । समयले फड्को मारेको वर्तमान अवस्थामा जातीय भेदभावको प्रश्न उठाउनु जायज छैन भनेर सुझाव पनि दिए ।केही नवयुवकहरूले विद्वानहरूका विचारको कदर गर्दै भने , ” यसलाई सामाजिक समस्याको रूपमा लिएर झमेला नगरौँ ।”


समाजका पण्डित भनाउँदाहरू कुर्लिए , “बाजेको नुन खाएर हुर्किएकी कमलीले बाजेको नाक काटेकी छे । यसलाई गाउँमा बस्न दिनु हुँदैन । सम्बन्ध विच्छेद गराउनु पर्छ । ”
कमलीलाई अधिकांशले गालीगलौज गर्न थाले । उसका जोईपोइ चूपचाप लागेर बसेका थिए । ऊ भने मनमनै सोच्दै थिई , ” बिहे त हामी दुबैले गरेका हौँ तर म नारीमाथि मात्र किन आक्षेप थोपरेको होला ? ”
सबैका कुरा सुनेपछि बाजेले उनीहरूलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनाउन के लाग्दै थिए , हठात् बाजेकी छोरी बोलिन् , ” कमली दिदीको देवरसंग म पनि बिहे गर्दै छु , बुबा ! त्यसबेला हजुर मलाई के गर्नु हुनेछ ?”
बाजे खङ्ग्रङ्ग भए तर छिटै सम्भालिएर भने , ” ल गाउँबासीहरू, दुई छोरीहरूको बिहे धूमधामले गर्ने तयारीमा हामी सबै जुटौँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

16 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

16 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago