Categories: कविता

“वर्षा रानी”

शान्ति सिग्देल

तातो हावा हल्का हल्का
उर्ले खोला लागी बर्खा
धाँजा रोकी बाँझा रोकी
छारो मैलो रोकी छेकी।

डाँडाकाँडा खोलानाला
आभा छर्दै टल्के सारा
हेर्दा हेर्दै प्यारी धर्ती
लाग्छिन् मेरी छोरी जस्ती।

बास्ना छर्छन् फुल्छन् फूल
पाखा भित्ता फुट्छन् मूल
मस्की मस्की वर्षा रानी
हाँसो छर्छिन् लेग्रो तानी।

खुर्की खार्की कान्ला आली
यो बेलामा रोपे बाली
लाखौँ पाथी दिन्छिन् सानी
जल्दीबल्दी वर्षा रानी।

मोती जस्ती वर्षा रानी
गाना गाई नाच्छिन् सानी
यो धर्तीका प्राणी धेर
पाल्छिन् बाली हुर्काएर।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

5 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

5 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

5 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago