सुमन कडरिया
चितवन

राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन गरिन्। घण्टी गइरह्यो, तर उठेन।
राति साढे एघार बजे छोरी आत्तिँदै भित्र पसिन्। अनुहार मलिन थियो, कपडा अस्तव्यस्त। आमाले केही सोध्न नपाउँदै ऊ आमाको काखमा आएर भक्कानिई।
“आमा, आजदेखि म त्यो घरमा मरे पनि काम गर्न जान्नँ।”
“किन र ?”
छोरी केहीबेर मौन भई अनि आँसु पुछ्दै भनी, “उनीहरूले मलाई कामदार होइन, अर्कै ठानेछन्।”
आमाको मुटु चिरियो।
छोरीले सुनाई—काम गर्ने घरका मालिकले केही दिनदेखि नराम्रो व्यवहार गर्दै आएका थिए। आज एकान्तमा पारेर जबर्जस्ती गर्न खोजे। ”
कोठामा सन्नाटा छायो।
छिमेकीको डर, समाजको आलोचना र छोरीको भविष्य आमाका आँखाअघि नाच्न थाले।
“आमा, कुरा बाहिर नल्याऊँ होला। आखिर समाजले दोष देखाउने त मलाई नै हो।”
आमाले उसको टाउको सुम्सुम्याउँदै दृढ स्वरमा भनिन्— “दोषी ऊ हो, छोरी; तिमी होइनौ।”
ढोकातिर हेरेर फेरि भनिन् ।
“अब मौनताको ढोका खोल्नुपर्छ ताकि भोलि अरू कुनै छोरीले डरले ढोका थुनी भाग्न नपरोस्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

7 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

7 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

7 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago