धनसिंह बिश्व
गेजिङ, प० सिक्किम

राती गएर सितललाई कराउँदै भने ” भयो छोरी! अब नपढ सुत बरू भोलि बिहानै उठेर पढ्नु”। छोरी सितलले कक्षा दसको परीक्षा दिँदैछिन्। उनी बिहानको राति देखिन् पढिरहन्थीन् र बेलुका आधारात सम्म पढिरहेकै हुन्थिन्।
बिहान पारुलाई सम्झाउँदै भने “छोरीले जतिसुकै अंक लिएर कक्षामा उत्तीर्ण भइन् भने भयो। आखिर भाग्य कसैले बनाउँदा बनिने होइन। सबैले भाग्य लिएरै आएका हुन्छन्।
सितलकी आमा पारु मसित रिसाउँदै भनी ” हजुरले छोरीलाई पुलपुल्याएर ज्यादा टाउकोमा नचडाउनु। हजुर जस्तै निम्न माध्यामिक शिक्षक बनाउँनु छैन। पल्लो घरको रोमालाई हेर्नुहोस् त, पराइ! नब्बे प्रतिशत लिएर डाक्टर पढन गएकीछे। सितललाई पनि म डाक्टरै पढाउँछु।
पारुको कुरा सुनेर मैले फेरी भने “होइन पारु! आफ्नो सपना छोरीद्वारा पुरा गर्ने कोशिस नगर। यसरी ज्यादा भारी पनि बोकाउनु राम्रो हुन्न के। उसको दिमागले भ्याएँ जति पढेकै छे। पछि कुनै डाक्टर, अभियान्ता बनाउनु छैन। म जस्तै एउटा शिक्षक बनेर ज्ञानको ज्योति बाडिन् भने भयो”।
पारुले आफ्नो जिद्दी पटक्कै छोडीनन्।
अघि देखि हाम्रो कुरा सुनिरहेकी छोरी सितलले भनिन् ” यसमा कसैको दोष छैन, बुवा। हाम्रो प्रबृत्ति नै यस्तो छ – मन नपरी नपरी, मन नपरेको चिज कोचार्नै पर्छ, मन नपरेको छिमेकीलाई देखाउन”।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

13 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

14 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago