Categories: कविता

पाठ्यक्रम र नेपाली पहिचान

आत्माराम न्यौपाने

यो बुद्धको देश भनी चिनायौँ
बुद्धत्वको पाठ कहाँ सिकायौँ ?
हिमालको देश भनी चिनायौँ
हिमाल संरक्षण खै सिकायौँ ?

सनातनी देश भनी चिनायौँ
सनातनी पाठ कहाँ सिकायौँ ?
नदी चिनारी पनि भन्न थाल्यौँ
यी हातगोडा यिनमै पखाल्यौँ ।

मायाँ नदीको मुटुभित्र बोक्यौँ ?
कुनै नदी किन्न र बेच्न रोक्यौँ ?
यो वेदको देश भनी चिनायौँ
वेदादिको पाठ कहाँ सिकायौँ ?

हो वीरको देश भनी सिकायौँ
त्यस्ता अरू वीर कहाँ बिकायौँ ?
हाम्रो भनेको इतिहास मात्र
नयाँ कुरो छैन नयाँ न पात्र ।

केनिम्तिमा पाठ पढाउँदै छौँ ?
बच्चा स-साना कि सडाउँदै छौँ ?
उद्देश्य नौलो किन छैन हाम्रो
यही कि मान्यौँ गतिलो र राम्रो ।

हो जागिरे बन्न र बिक्नलाई
त्यो हाजिरी गर्न र टिक्नलाई
मात्रै सिक्यौँ अक्षर अङ्क चिन्न
अरू कुनै काम भएन भिन्न ।

नेपालका पाठ पढेर आज
कि सुध्रियो विश्व कि यो समाज ?
नौलो चिनारी कसले बनायो
बाटो सुनौलो कसले खनायो ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

14 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

14 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago