Categories: कविता

“विद्याकाे मन्दिर”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

वैशाख लाग्यो नयाँ छ वर्ष उमङ्ग छदैछ
याे वर्ष सानी गाजले नानी विद्यार्थी हुँदैछ।

खुसीले दङ्ग परेर बाबा बजार जानुभाे
कपडा नयाँ जुत्ता र मोजा लगाई दिनुभाे।

बाेकेर झाेला किताब कापी समाई पेन्सिल
बाबाको साथ रमाई गएँ म पनि स्कुल।

बाबा र आमा समान लाग्याे गुरु र गुरूमा
खाएर चुम्मा गुर्नु भाे माया मलाई सुरूमा।

बनेर साथी शिक्षक गुरु खेल्नु भाे साथमा
खेलाई खेल मिठाइँ सेल दिनु भाे हातमा।

घरमा भन्दा स्कुल राम्रो लाग्याे नि मलाई
सिकेमा सीप लिएमा विद्या हुनेछ भलाई।

नबस साथी घरमा फाल्तु धुलाेमा खेलेर
पढाइ साथ खेलाैला खेल आपस मिलेर।

पाेशाक सफा लगाई जाऊँ विद्याकाे मन्दिर
मिलर फालाैँ अविद्या अनि जडता जन्जिर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

13 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

13 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago